ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र, पाँज जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने

BreaknLinks
BreaknLinks

जिल्ला प्रशासन कार्यालय ललितपुरले पुलचोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी आसपासका क्षेत्र निषेध गरेको छ।

प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वतर्फ इनारमोड जाने बाटो, पश्चिमतर्फ किताब कारखाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चारकिल्लाभित्र भेला हुन तथा कार्यक्रम गर्न निषेध गरेको हो।

निषेध ६ महिनासम्म रहने छ।

‘२०८० मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम निषेध गरेको आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय काठमडौँले पनि माइतीघर क्षेत्रमा भेला तथा कार्यक्रम गर्न निषेध गरिसकेकाे छ।

प्रकाशित मिति: : 2023-11-21 17:14:00

प्रतिकृया दिनुहोस्