एक महिनाका लागि माइतीघर निषेधित क्षेत्र घोषणा

काठमाडौंको माइतीघर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र घोषणा भएको छ। भोलि मंगलबारदेखि पुस ४ गतेसम्म माइतीघर क्षेत्रलगायत आसपास क्षेत्रमा कुनै कार्यक्रम गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जितेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै माइतीघरमा कुनै पनि कार्यक्रम गर्न नपाइने बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघरको तारैतिर र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।’

यही मंसिर ७ गते नेकपा एमाले र मेडिकल व्यवासायी दुर्गा प्रसाईं आमनेसामने हुने गरी एकै दिन आन्दोलनको कार्यक्रम घोषणा गरेपछि प्रशासन कार्यालय निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको छ। 

मुठभेड, झैझगडा हुन सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

निषेधित क्षेत्रमा एक महिना पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई जुलुस, पदर्शन, धर्ना, घेराउ अनसन, सभा गर्न पाइने छैन। 

याे पनि

दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा निषेध

के गर्दैछ प्रशासन ?


 

प्रकाशित मिति: : 2023-11-20 18:59:00

प्रतिकृया दिनुहोस्