टिकटक प्रतिबन्धविरुद्ध परेकाे रिट हेर्न नभ्याइनेमा

File Photo
File Photo

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिकाे सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश कुमार चूँडालको एकल इजलासमा साेमबार उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो।

न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको हो।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट परेकाे थियाे। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2023-11-20 14:43:00

प्रतिकृया दिनुहोस्