प्रतिस्णा रेग्मी
नेपाल आगामी वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी- २० विश्वकपका लागि छनाेट भएकाे छ।
शुक्रबार काठमाडाैँकाे मूलपानी क्रिकेट रंगशालामा टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत् सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छनाेट भएकाे हाे।
विश्वकपमा पुग्न युएईले दिएकाे १३५ रनकाे लक्ष्य नेपालले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे।
नेपालकाे जितमा ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेर अविजित रहे। उनले ५० बलमा ६३ रन प्रहार गरे। त्यस्तै कप्तान राेहितकुमार पाैडेलले अविजित ३५ रन जाेडे।
ओपनर कुशल भुर्तेल ११ रन तथा गुल्सन झाले २२ रन प्रहार गरे।
त्यसअघि टस हारेर पहिले बलिङकाे निम्ताे पाएकाे नेपालले युएई सस्तैमा समेट्न कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा साेमपाल कामी र कप्तान पाैडेलले समान १-१ विकेट लिए।
नेपाल दोस्रोपटक आइसिसी टी- २० विश्वकपका लागि छनाेट भएकाे हो। यसअघि २०१४ मा बंगलादेशमा भएको टी– २० विश्वकप खेलेको थियो।
अब नेपालले छनाेट प्रतियाेगितकाे उपाधिकाे लागि आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
भिडियाे :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया