आइतबार बिहानमात्र धादिङ केन्द्रबिन्दु भएर चार पटक भूकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेट जाँदा पहिलाे पटक ६.१ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे। उक्त भूकम्पकाे धक्का धादिङसँगै काठमाडाैँ उपत्यकालगायत क्षेत्रमा महसुस गरिएकाे थियाे।
धादिङकाे खरी केन्द्रबिन्दु भएर गएकाे साे भूकम्पबाट केही ठाउँमा पहिरासमेत गएका छन्।
पहिलाेपटक गएकाे उक्त भूकम्पपछि साेही क्षेत्रमा केन्द्रबिन्दू भएर चार पटक भूकम्प गएकाे केन्द्रले जनाएकाे छ। केन्द्रका अनुसार ८ बजेर ८ मिनेट जाँदा ४.२, ८ बजेर २८ मिनेट जाँदा ४.३ र ८ बजेर ५९ मिनेट जाँदा ४.१ रेक्टर स्केलकाे भूकम्प गएकाे छ।
यी भूकम्पबाट परेकाे क्षतिकाे विवरण सार्वजनिक भएकाे छ।