बिएल संवाददाता
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएकाे पुष्टी भएको छ।
नेपाली समय अनुसार शनिबार विहान करिब साढे ६ बजे भएको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।
यस्तै, पञ्चनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी, भजनी–४ कैलालीका वीरेन्द्र चौधरी, शारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रविण डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन।
यस्तै, भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपीन जोशी बेपत्ता छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रममार्फत् इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।
कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो। शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ।
‘कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायलमा सन् २०२३ मा ११३ र सन् २०२२ मा ६ जना गरि १ सय १९ जना विद्यार्थी गएका छन्। हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुसल रहेको जानकारी मिलेको छ,’ रजिष्ट्रार शारदा थपलियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया