इजरायल–हमासबीच भयावह युद्ध (फाेटाे फिचर)

Reuters/ Anadolu Agency/ AP Photo/Al Jazeera

प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलविरुद्ध रकेट आक्रमण गरेपछि इजरायलले घेरिएको गाजापट्टीमा पटक–पटक हवाई आक्रमण भइरहेकाे छ।

शनिबार बिहानैदेखि इजरायलका आकाशमा रकेटको धुँवाले ढाकिँदै थियो। गाजापट्टीबाट हमासले अचानक इजरायली भूमिमा रकेट हान्न थालेपछि सहरभरि ‘सुरक्षा साइरन’ बज्न थाल्यो।

आक्रमणबाट बच्नका लागि इजरायलका हरेक वस्ती र घरहरूमा सुरक्षित बङ्कर (सेल्टर) बनाइएका छन्। हमासको यो ‘आकष्मिक आक्रमण’बारे आफूहरूको ऐतिहासिक ‘चूक’ भएको स्विकार गर्दै इजरायली गुप्तचर नियकाले यो आक्रमणको परिकल्पना नै नगरिएको स्विकार गरेको छ। 

गाजापट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई आक्रमणमा कम्तीमा १९८ प्यालेस्टाइनीकाे मृत्यु भएको र १६ सयभन्दा बढी घाइते भएको बताएका छन्।

त्यस्तै, इजरायली अधिकारीहरूले मृत्यु हुनेको संख्या कम्तीमा १०० पुगेको र सयौं घाइते भएको बताएका छन्। 

हमासले शनिबार बिहान २० मिनेटको अन्तरालमा कम्तीमा ५ हजार रकेट इजरायलको भूमिमा आक्रमण गरेको दाबी गरेको छ। 
हमासले रकेट आक्रमण गरेपछि इजरायलले त्यसको जवाफी कारबाहीका लागि प्यालेस्टाइन क्षेत्रमा हवाइ आक्रमण थाल्यो। 

इजरायलले हवाइ आक्रमण गरिरहँदा हमासका हजारौ लडाकुहरू भने जमिनी बाटो हुँदै गाजा क्षेत्र नजिकैका इजरायली वस्तीमा छिरिसकेको थियो।

प्रकाशित मिति: : 2023-10-08 06:21:00

प्रतिकृया दिनुहोस्