पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको छ। भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।
भूकम्पको धक्का बझाङ, सुर्खेत, बाँके, बर्दियालगायत जिल्लामा महसुस भएको छ। काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएकाे छ।