माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा नेपाल

१९औँ एसियाली खेलकुद् (एसियाड) अन्तर्गतकाे क्रिकेटमा नेपाल माल्दिभ्समलाई हराउँदै क्वाटरफाइनलमा पुगेकाे छ। आइतबार हाेङजाउमा नेपालले माल्दिभ्समाथि १ सय ३८ रनकाे जित निकालेकाे हाे।

नेपालले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याइरहेकाे माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर आउट भयाे। माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बताए।

नेपालका अभिनास बाेहराले ६ विकेट लिए। उनी टि- २० आइमा ६ विकेट लिने पहिलो नेपाली बलर बने।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएकाे थियाे।

नेपालका कप्तान राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरे।

त्यस्तै कुशल मल्ल ४७ रन बनाएर अविजित रहे। भने, कुशल भुर्तेलले ३५ रन बनाए।

प्रकाशित मिति: : 2023-10-01 10:03:00

प्रतिकृया दिनुहोस्