प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठ दिने चीन भ्रमण सकेर नेपाल फर्किएका छन्।
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान सिचुवान प्रान्तकाे छेन्दुस्थति छेन्दु विमानस्थलबाट नेपाल प्रस्थान गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। उनलाई नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ व्यक्तिहरुले विमानस्थलबाट बिदा गरेका थिए।
संयुक्त राष्ट्रसंघकाे महासभालाई सम्बाेधन गर्न अमेरिका पुगेका प्रचण्ड त्यतैबाट असाेज ६ गते चिन पुगेका थिए। चीनमा रहँदा प्रचण्डले प्रधानमन्त्री लि छ्याङ, राष्ट्रपति सी जिङपिङलगायतसँग भेटवार्ता गरेका थिए।
त्यस्तै प्रचण्ड एसियन खेलकुदकाे उद्घाटन समाराेहमा पनि सहभागी भएका थिए।
चीनमा रहँदा प्रचण्डले त्यहाँका मुख्य मुख्य स्थानकाे अवलाेकन भ्रमण पनि गरेका थिए।