एमाले बागमती प्रदेश अधिवेशन मतगणना सुरु

एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचनपछि ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको छ। 

निर्वाचनमा कुल ११३१ मत खसेको छ। शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हाे। 

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन्। त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति: : 2023-09-29 22:25:00

प्रतिकृया दिनुहोस्