कर्णालीमा एमाले प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाकाे उम्मेदवारी परेकाे छ।

अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन।

आज निर्वाचन कार्यातालिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन्।

थप दुई जनाकाे उम्मेदवारी पर्न सक्ने सम्भावना रहेकाे एमाले स्राेतले जनाएकाे छ।

सल्यानका शाह यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक थिए। कालीकोटका मीनबहादुर शाही भने ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगका सदस्य थिए।

दैलेखका राजबहादुर शाही कर्णालीका पूर्वसभामुख हुन्। यस्तै कालीकोटका प्रेमबहादुर सिंह लामो समयपछि एमाले फर्किएका नेता हुन्। 

चार जनाको उम्मेदवारी परे पनि मुख्यप्रतिस्पर्धा गुलाबजंग शाह र मीनबहादुर शाहीबीच हुने चर्चा छ।

प्रकाशित मिति: : 2023-09-29 19:57:00

प्रतिकृया दिनुहोस्