यस्ताे छ गैरआवासीय नेपालीकाे नागरिकता र शपथकाे ढाँचा

गैरआवासीय नेपालीले नेपालकाे नागरिकता पाउनका लागि ईश्वर, देश र जनताको नाममा शपथ लिर्नुपर्ने भएकाे छ। 

गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो। संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने व्यवस्था राखिएकाे हाे। सोही ऐनबमोजिम बनेको नियमावलीले शपथको व्यहोरा र ढाँचा तयार पारेको हाे।

‘म........ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु/सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण रूपमा बफादार रही श्रद्धा एवं सत्य निष्ठापूर्वक गैरआवसीय नेपाली नागरिकका रूपमा आफ्नो कर्तव्य पालना गर्नेछु,’ नियमावलीको अनुसूची ८ (च) मा रहेको शपथको व्यहोरामा उल्लेख छ।

त्यसैगरी साे नागरिकता पाउनका लागि गैरआवासीय नेपालीले हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ। साथै आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

 

 

 

प्रकाशित मिति: : 2023-09-21 14:50:00

प्रतिकृया दिनुहोस्