एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले संविधान दिवस सरकारी दिवसमात्रै नभएर जनताको दिवस भएको बताएका छन्। संविधान दिवसको अवसरमा आज (बुधबार) काठमाडौँका नारायणचौरमा झन्डोत्तोलन गर्दै ओलीले संविधान दिवस सम्पूर्ण नेपालीको साझा दिवस भएको बताएका हुन्।
‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन, एउटा विचार विशेषको दिवस होइन, एउटा जाती विशेषको दिवस होइन, एउटा भूगोल विशेषको दिवस होइन,’ ओलीले भने, ‘यो दिवस सम्पूर्ण नेपालीको साझा दिवस हो।’ ओलीले संविधान दिवस जनताको दिवस भएकोले जनस्तरबाट मनाउनु पर्नेमा जोड दिए।
उनले संविधान दिवसले समृद्ध नेपाल, खुसी नेपालीका आकांक्षाहरु समेटेको बताए।
कार्यन्वयनको अवस्थामा रहेको संविधानलाई कहीँकतैबाट समाप्त पार्ने खेलहरुसमेत भइरहेको बताउँदै त्यसतर्फ सचेत हुन ओलीले आग्रह गरे।
भिडियाे :