प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे चीन भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ। शुक्रबारकाे मन्त्रीपरिषद् बैठकले भ्रमण स्वीकृत गरकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

न्युयाेर्कमा हुने संयुक्त राष्ट्रसंघकाै ७८औँ महासभालाई सम्बाेधन गर्न भाेलि (शनिबार) अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री प्रचण्डकाे त्यतैबाट असाेज ५ गते चीन जाने कार्यतालिका रहेकाे छ।

प्रचण्ड नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमणमा जान लागेका हुन्।

त्यहाँ रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गर्ने, एसियन गेमकाे उद्घाटन कार्यक्रममा सहभागी हुने, चोङकिङ महानगरपालिकामा रहेकाे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिका क्षेत्रहरुको अवलोकन गर्ने तथा नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत शाेषासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरी नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-09-15 18:50:00

प्रतिकृया दिनुहोस्