सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र किरात संस्कारअनुसार बिहीबार अन्त्येष्टि गरिएको हो। उनलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए। यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे।

प्रकाशित मिति: : 2023-09-14 13:32:00

प्रतिकृया दिनुहोस्