मध्यपुर थिमि चपाचोमा करिब ३२ वर्षपछि भैलः नाच प्रदर्शन गर्दै। गाइजात्राको भोलि पल्टदेखि चार दिनसम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, इनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिन्छ। भैलः नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरी पाँच कलाकार हुन्छ।