बिएल संवाददाता
प्रहरीले पर्साको विरगंजबाट खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सञ्चालक हारून मियाँ अन्सारी छन्।
प्रहरीले आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना पाएको थियो। माघ २८ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले क्त पसलको तलासी लिंदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
प्रहरीले अन्सारीलाई उक्त खसीको अण्डकोष टाँसिएको करिब १५ किलो बाख्राको मासु सहित नियन्त्रणमा लिएर कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया