चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभाको आयोजना गर्ने भएको छ।
सोमबार बिहान एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त निर्णय गरेकाे नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए।
विप्लवकाअनुसार घोषणासभा यही भदौ ९ गतेदेखि सुरु हुनेछ।
जसनुसार ८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा घोषणासभाको आयोजना हुने छ। यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सन्देशसभाको आयोजना गरिने छ।