संसद्को गतिरोध हटाउन दलहरूसँग संवाद गर्ने गठबन्धनको निर्णय

File Photo
File Photo

सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शीर्ष नेताहरूले संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल गरेका हुन्।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।

प्रकाशित मिति: : 2023-08-16 12:20:00

प्रतिकृया दिनुहोस्