मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारामा आइतबार बसेको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए। सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ।

सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन। बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2023-08-13 17:46:00

प्रतिकृया दिनुहोस्