उपत्यकामा भारी वर्षा, नदी–नालाको जल सतह बढ्याे

खतराको तह पार गर्‍यो बागमती र बबई नदीले

File Photo
File Photo

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला–नालाको जल सतह बढेको छ। 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ।

उत्तरी मकवानपुरको भोर्लेनीमा पनि बागमती नदीको जल सतह खतराको तह नजिक रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। रौतहटमा बागमती नदीले पनि खतराको तह पार गरेको महाशाखाले जानकारी दिएको छ।

सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा खोखजुर खोलाको जल सहत सतर्कताको नजिक रहेको छ।

प्रकाशित मिति: : 2023-08-08 07:32:00

प्रतिकृया दिनुहोस्