संसदीय समितिमा भागबण्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ।

नेकपा (माओवादी केन्द्र)को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले जनाएअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको सभापति भागमा परेको छ।

प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन्।

त्यस्तै संसदका चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) र पाँचौँ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन्।

प्रकाशित मिति: : 2023-08-07 12:03:00

प्रतिकृया दिनुहोस्