समाजवादी मोर्चामार्फत एकताको नयाँ प्रक्रियामा छौँ: प्रचण्ड (भिडियाे)

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट एकताको नयाँ अध्याय सुरु भएको बताएका छन्।

केन्द्रीय समितिको चौथो पूर्ण बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले यसअघि टुटफुट र विभाजनको पीडा खेप्दै आएका नेपालका कम्युनिस्टहरू अब फेरि एकताको नयाँ प्रक्रियामा पुगेको बताए।

‘विगतमा हामीले विभाजनको धेरै तीता अनुभवहरू पनि संगालेका छौँ’ प्रचण्डले भने, ‘तर अब हामी एकताको नयाँ प्रक्रियामा पनि जाँदैछौँ। समाजवादी मोर्चा त्यसको प्रस्थान विन्दु हो। हामी त्यसैबाट एकताको प्रक्रियामा अघि बढ्नेछौम्।’

उनले विश्व राजनीतिमा फेरि नयाँनयाँ द्वन्द्वहरू सुरु भएको भन्दै भूराजनीतिक विषयमा केन्द्रीय समितिमा व्यापक छलफल हुने बताए।

‘यी द्वन्द्वहरूले अवसर पनि दिन्छन्। चुनौती र अवसरहरू सँगसँगै आउँछन्’, उनले भने, ‘हामीले नराकात्मकबाट सकारात्मकको खोजी र चुनौतीका माझ अवसरको खोजी गर्नेछौँ। हाम्रो बैठक पार्टी र कार्यकर्ताको आन्तरिक जीवनमात्रै नभएर समग्र राष्ट्र हितमा पनि केन्द्रित हुनेछ।’

आजदेखि सुरू बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।

प्रकाशित मिति: : 2023-08-02 13:26:00

प्रतिकृया दिनुहोस्