नवौ फिफा महिला विश्वकपको १३औं दिन मंगलबार समूह चरणअन्तर्गत चार खेल हुदैछन् । समूह 'डी' र समूह 'ई' का समूह चरणका यी अन्तिम खेल हुन् र यी खेलको परिणामसँगै यी दुई समूहबाट अन्तिम १६ मा पुग्ने टिमको निर्णय हुने छ ।
समूह 'ई' अन्तर्गका दुई खेल अपरान्ह १:४५ देखि न्युजिल्याण्डमा खेलिने छन् । अमेरिका र पोर्चुगल बीचको खेल वेलिङटनमा खेलिने छ भने भियतनाम र नेदरल्याण्ड्सबीचको खेल एडिलेडमा खेलिने छ ।
समूह चरणको पहिलो दुई खेलमा अमेरिका र पोर्चुगल समान चार अंकका साथ क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । नेदरल्याण्डस् ३ अंकका साथ तेस्रो स्थानमा छ भने भियतनामले अंकको खाता खोल्न सकेको छैन । यो समूहबाट अमेरिका र पोर्चुगलमध्ये एक र नेदरल्याण्डस् अर्को चरणमा प्रवेश गर्ने सम्भावना छ ।
समूह 'डी' अन्तगर्तका दुई खेल दिनको ४:४५ बजे न्युजिल्याण्डमा खेलिने छन् । चीन र इङ्ल्याण्डबीचको खेल वेलिङ्टनमा हुनेछ भने डेनमार्क र हाइटीबीचको खेल डुनेडिनमा हुनेछ ।
यो समूहमा पहिलो दुई खेल जितेर इङ्ल्याण्ड ६ अंकका साथ शीर्ष स्थानमा छ भने एक एक खेल जितेर डेनमार्क र चीन समान ३ अंकका साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । हाइटी भने जीतको खाता खोल्नै नसकेर अन्तिम स्थानमा छ । इङ्ल्याण्ड पहिलै अन्तिम १६ मा पुगिसकेको छ भने चीन र डेनमार्कमध्ये अन्तिम १६ मा पुग्नेछ । अन्तिम १६ मा पुग्न चीनले इङ्ल्याण्डलाई जित्नैपर्छ भने हाइटीसँग समूह चरणको अन्तिम खेल खेलिरहेको डेनमार्कका लागि अलि सहज छ ।