नवौ फिफा महिला विश्वकपको १२औं दिन सोमबार समूह चरणअन्तर्गत समूह बी र समूह सी का अन्तिम चार खेल भएका छन् ।
यी खेलसँगै समूह 'बी' बाट अस्ट्रेलिया र नाइजेरिया तथा समूह 'सी'बाट जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । यी टीम अन्तिम १६ मा पुग्दा क्यानाडा, आयरल्याण्ड, अन्तिम जाम्बिया र कोस्टारिका समूह चरणबाटै बाहिरिएका छन् ।
समूह बी अन्तर्गतको आफ्नो अन्तिम खेलमा सहआयोजक अस्ट्रेलियासँग ४-०ले पराजित भएसँगै ओलम्पिक च्याम्पियन क्यानाडा समूह चरणबाटै बाहिरियो । नाइजेरिया आयरल्याण्डसँग बरारबरी खेल्दै अन्तिम १६ मा पुग्यो । क्यानाडा समूह चरणबाटै बाहिरिनु र नाइजेरिया अन्तिम १६ मा पुग्नु समूह बीका लागि उथलपुथल नै हो ।
यसैगरी समूह 'सी' अन्तगर्तको आफ्नो अन्तिम खेलमा जापान स्पेनलाई ४-०ले स्तव्ध पा्रदै शीर्ष स्थानसहित अन्तिम १६ मा प्रवेश गर्यो । जापानसँग नराम्ररी पराजित भएर पनि स्पेन दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो । यो समूहबाट कोस्टारिका र जाम्बिया समूह चरणबाटै बाहिरिए ।
१२औं दिनको खेल सकिदासम्म समूह ए, बी र सी बाट अन्तिम १६ मा पुग्ने ६ टिमको निर्णय भएको छ । यसअघि नै समूह ए बाट स्विट्जरल्याण्ड र नर्वे अन्तिम १६ मा पुगिसकेका छन् ।