फिफा महिला विश्वकप १०औं दिन तीन खेल

अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको १०औं दिन शनिबार समूह चरणका तीन खेल हुँदैछन् ।

समूह 'जी'अन्तर्गत स्विडेन र इटालीबीच भएको पहिलो खेलमा स्विडेन ५-०  को ठूलो गोल अन्तरले बिजयी भएको छ । पहिलो हाफमा तीन गोल गरेको स्विडेनले दोस्रो हाफमा दुई गोल गर्यो । यसरी पाँ गोल खाएको इटली भने कुनै गोल नगरी हेरेको हेरै भयो ।

फिफा बरियतामा स्विडेन तेस्रो र इटाली १६औं बरियतामा छन् ।

अहिले समूह एफ अन्तर्गत ब्राजिल र फ्रान्सबीच भएको खेलमा फ्रान्स २-१ ले विजयी भएको छ । फ्रान्सका लागि १७औं मिनेटमा ले सोमर र ८३औं मिनेटमा रेनर्डले गोल गरेका थिए भने  ब्राजिलका लागि  ५८औं मिनेटमा डी ओलिभेराले गोल गरेकी थिइन् ।

यो जीतसँगै चार अंकका साथ फ्रान्स समूहको शीर्षस्थानमा पुगेको छ भने ब्राजिल तीन अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

फिफा बरियतामा फ्रान्स पाँचौं र ब्राजिल आठौं बरियतामा छन् ।

ब्राजिल, फ्रान्स, पनामा र जमैका रहेको यो समूहमा ब्राजिल एक जीत र एक बराबर खेलेर ४ अंकका साथ शीर्षस्थानमा रहेको छ भने दुई बरारबर खेलेको फ्रान्स २ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान १  खेल खेलेका जमैकाले एक बराबर खेलेर एक अंक हासिल गरेको छ भने अंकको खाता नखोलेको पनामा पुच्छारमा छ । 

यसैगरी आजको अन्तिम खेले समूह एफ अन्तर्गतकै जमैका र पनामाबीच हुने छ । फिफा बरियतामा जमैका ४३औं र पनामा ५२औं बरियतामा छन् ।

प्रकाशित मिति: : 2023-07-29 17:15:00

प्रतिकृया दिनुहोस्