वीर नसुध्री देशको मुहार सुध्रिँदैन- मन्त्री बस्नेत

मिनु गोले

काठमाडौं

बीर अस्पतालले आफ्नो १३४औँ वार्षिकोत्सव मनाएको छ। अस्पतालले आज (शुक्रबार) अस्पतालमा विशेष कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, विभिन्न दलका नेताहरु तथा अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागीता थियो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री बस्नेतले देशको जेठो अस्पातल बीर अस्पतालको अवस्था सुधार नगरी देशको मुहार नफेरिने बताए।

बस्नेतले अहिले अस्पतालले अत्याधुनिक प्रविधि र विशेषज्ञ स्वास्थ्यकर्मीसहित उत्कृष्ट सेवा प्रवाह गरिरहेको बताउँदै भविष्यमा देशका सबै भिआइपीहरुका पनि उपचार हुने गरी काम गरिरहेको बताए।

त्यस्तै अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको अस्पताल हाल ९६० शय्यमा सञ्चालन हुने अवस्थामा पुगेकोमा खुसी व्यक्त गरे। यद्यपि, आवश्यकताअनुसार बजेट विनियोजन नभएको भन्दै उनले गुनासो गरे।

उनले अस्पताल ३८३ शय्यको हुँदा २ अर्बसम्म बजेट विनियोजन भएकोमा यस आर्थिक वर्षमा ७३ करोडमात्रै बजेट विनियोजन भएकोप्रति दुःख व्यक्त गरे।


बुढो ‘बीर’को तन्नेरी रुप


त्यसैगरी कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले अस्पताको क्षमता वृद्धि गरेर उपचार प्रणालीलाई सहज बनाउनेतर्फ लागेको जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका रजिस्टार डा.ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्कीलगायतको उपस्थिति थियो।

कार्यक्रममार्फत् स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

बुढो ‘बीर’को तन्नेरी रुप

भिडियाे :

प्रकाशित मिति: : 2023-07-28 19:35:00

प्रतिकृया दिनुहोस्