नेपाली कांगेस निकट तरुण दलका कार्यकर्ताहरूले नियमित महाधिवेशनको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार पार्टी कार्यलय सानेपाको अगाडि पुगेर उनीहरुले नौं वर्ष वितिसक्दापनि नियमित महाधिवेशन नभएको भन्दै नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै मोटरसाइकल र्यालीसहित विरोध जनाएका हुन्।
विरोध प्रदर्शनमा दलका केन्द्रीय सदस्य रोजन राईले नौं वर्ष वितिसक्दापनि नियमित महाधिवेशन हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर ठभएको भन्दै नियमित महाधिवेशन गर्न सकेको भए दलमा हजारौं युवाहरु नेतृत्वमा स्थापित भइसक्ने बताए।
उनले भने,‘कुनै दल वा भातृ संगठन तदर्थबादको नाममा यति लामो समयसम्म रहनु भनेको आन्तरिक लोकतन्त्र कमजोर हुनु त छँदैछ अझ त्योभन्दा सिंङ्गो संगठन कमजोर बनिरहेको छ । नियमित महाधिवेशन गर्न सकेको भए लाखौं तरुण युवाहरूको आशा र भरोसा बोकेका युवाहरु नेतृत्वमा स्थापित भइसकेका हुने थिए।’
उनले तदर्थ समितिले अहिले तरुण दलको घर भत्काएर नयाँ घर बनाउनेतिर लागेको आरोप समेत लगाए।
‘हाम्रो तदर्थ समितिले अहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नुभयो। कहिले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराउनु भयो। तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुँदैछ, को–को केन्द्रीय प्रतिनिधि तोकिदैछ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र?’, उनले भने
त्यस्तै उनले तदर्थ समितिको समय अवधि सामान्यतय छ महिना देखि एक वर्ष सम्मको हुने प्रचलन रहेको भन्दै म्याद थप नगर्न माग गरे।
उनले फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाडो बनाउने बिषयको विपक्षमा आफूहरु रहेको समेत जिकिर गरे।
उनले भने,‘तदर्थ समितिको समय अवधि सामान्यतय छ महिना देखि एक वर्ष सम्मको हुने प्रचलन छ। यसरी हेर्दा हाम्रो तीन देखि छ पटक म्याद थपिएको बुझ्न सकिन्छ। छ– छ पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने न हामी न कसैको नैतिक धरातल छ न त नेतृत्वमा त्यो विस्वास छ। त्यसैले नेपाली कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्त बाट स्वतह विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितको माग गर्दछौ। फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाडो बनाउने बिषयको विपक्षमा हामी बहुसंख्यक केन्द्रीय सदस्हरु रहेको जानकारी गराउदछौं।’
उनीहरुको र्याली सँगै पार्टी कार्यालय प्रवेशगरी पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको थियो , तर उनीहरुलाई प्रवेश निषेध गरेपछि थप आक्रोसित बनेका थिए।