साढे सात हजार नेपालीलाई दुई महिनाभित्र अमेरिका छोड्न आदेश (भिडिओसहित)

ट्रम्प प्रशासनले एउटा विशेष परिस्थितिमा अमेरिका छिरेका नेपालीसहित करिब पाँच लाखभन्दा धेरै आप्रवासीहरूलाई देश छोड्न भनेको छ। दुई महिनाभित्र आफै अमेरिका नछोडे उनीहरूलाई गिरफ्तार गरेर सम्बन्धित देश डिपोर्ट गरिने पनि अमेरिकी सरकारले चेतावनी दिएको छ। 

त्यो भनेको विशेष परिस्थितिमा जारी भएको टिपिएस अर्थात् अस्थायी संरक्षित स्थिति भनिएको भिसा सुविधा हो। यो सुविधा लिएर लगभग साढे सात हजार नेपाली अहिले अमेरिकामा छन्। 

यो भनेको कुनै पनि राष्ट्रमा गृहयुद्ध हुँदा वा प्राकृतिक आपत विपदका बेलामा त्यहाँका नागरिकलाई अमेरिकाले दिएको विषेश सुविधा हो। त्यही सुविधा लिएर गत २०७२ सालको भूकम्पपछि हजारौं नेपाली अमेरिका छिरेका थिए। 
नेपालसहित अमेरिकाले लगभग १७ देशका करिब पाँच लाखभन्दा धेरै आप्रवासीलाई दुई महिनाभित्र अमेरिका छोड्न भनेको हो। 

अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोमले एक अब नेपाललगायत ती देशहरूको अवस्थामा सुधार भएको भन्दै त्यहाँका आप्रवासीहरूलाई दुई महिनाभित्र फिर्ता हुन भनेको बताएकी छिन्। कुनै देशबाट त्यहाँको अवस्थाका कारण भागेर गएका वा कानुनीरुपमा प्रवेश गरेकाहरूलाई टिपिएस सुविधा दिइएको थियो। त्यसअन्तर्गत उनीहरूले अमेरिकामै बस्न र कानुनीरुपमा काम गर्न पाउँदै आएका थिए। 

अमेरिकाको यो आदेशपछि अब उनीहरूले दुई महिनाभित्र आफै अमेरिका छोड्नुपर्ने छ नभएर त्यहाँको प्रशासनले गिरफ्तार गरेर डिपोर्ट गर्नेछ। 

यसअघि कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं आप्रवासीलाई अमेरिकाबाट निकाल्ने  घोषणा गरेका थिए। त्यसमा लगभग १ हजार ३ सय ६५ जना नेपाली पनि थिए। तीमध्ये केही सयलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। अमेरिकाले आफ्नै बिमानबाट केही नेपाली यसअघि नै काठमाडौं ल्याएर छोडिसकेको छ। 

प्रकाशित मिति: : 2025-06-06 20:45:00

प्रतिकृया दिनुहोस्