काँग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक असोज २ गते बस्ने गरी स्थगित भएको छ।
काँग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हुन्छ।
यस पटक आमा निर्वाचन, सरकार गठनलगायतको प्रक्रियाले केन्द्रीय कार्यसमितिको बैठक ११ महिनाको बसेको थियो।
साउन २ गतेदेखि चलेको केन्द्रीय कार्यसमितिको बैठक हिजो (मंगलबार) एक दिन स्थगित गरेर आज (बुधबार) समापन भएको छ।
बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले अब बैठक दुई महिनाको बस्ने जानकारी गराए।