गठबन्धन स्थिर बनाउनु पहिलो जिम्मेवारी हो: रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकलले अहिले कायम गठबन्धन स्थिर बनाउनु प्रमुख जिम्मेवारी रहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा संसदका गतिविधिबारे जानकारी दिँदै लेखकले सो कुरा बताए।

‘विभिन्न राजनीतिक दलहरुको गठबन्धनमा सरकार बनेको छ, त्यो सरकारलाई स्थिर बनाउन, त्यो सरकारलाई स्थायी बनाउनको निमित्त सदनभित्र नेपाली काँग्रेसले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपछ,’ लेखकले भने।

उनले प्रमुख प्रतिपक्ष आक्रमक र अधैर्य रहेकोले प्रतिपक्षीहरुसँग पनि समन्वय गरेर सदन चलाउनु पर्ने जिम्मेवारी काँग्रेसको रहेको बताए।

प्रकाशित मिति: : 2023-07-18 15:52:00

प्रतिकृया दिनुहोस्