नेपाली काँग्रेको केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव आएको छ। बैठकका एजेण्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा यस्तो प्रस्ताव राखेका हुन्।
काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
बैठकले केन्द्रीय समिति बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ।
एजेण्डाहरु :
समसामयिक विषय (आर्थिक, परराष्ट्र)
सांगठनिक कार्ययोजना र कार्यतालिका
केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
नीति अधिवेशन सम्बन्धमा
विभागहरु गठन, थप र कामको व्यख्या
राष्ट्रव्यापी अभियानको घोषणा
अनुशासन समितिको प्रतिवेदन पेश
निर्वाचन परिचालन समितिको प्रतिवेदन
संसद्मा सम्पादन भएका कामजहरुको प्रतिवेदन
सरकारको गतिविधिबारे जानकारी