नवगठित कोशी प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री उद्धव थापाले आइतबार (आज) मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
जसमा नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य आर्थिम मामिला तथा योजना मन्त्री बनेका छन्।
यस्तै माओवादी केन्द्रबाटै राजेन्द्र कार्की र नेपाली कांग्रेसबाट रामकुमार खत्री पनि मन्त्री नियुक्त भएका छन्।
तर यी दुई जनाका लागि मन्त्रालय टुंगो लागेको छैन। नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज हुनेछ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए।
उक्त दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त भएका थिए।