एमालेको अडानका कारण प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। अर्काे बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय सरदार समुदायका प्रितम सिंहको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर अवरोध गरेको एमाले अडानबाट पछाडि नहटेपछि आजको बैठक बस्दै नबसी स्थागित भएको हो।

त्यसअघि एमालेले आजै राष्ट्रियसभाको बैठक पनि अवरोध गरेको थियो।

बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवप्रसाद घिमिरेले दलहरुलाई सहमती गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-07-07 15:11:00

प्रतिकृया दिनुहोस्