कोशी प्रदेशको सरकार गठन सम्बन्धमा एमालेले गुहार्‍याे सर्वोच्च अदालत

कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा (एमाले) सर्वाेच्च अदालतमा रिट हालेको छ।

सरकार गठनको लागि आवश्यक पर्ने बहुमत जुटाउन सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै एमालेले शुक्रबार रिट दायर गरेको हो।

संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेको कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

सरकारको नेतृत्व गरिरहेको एमाले अल्पमतमा परेपछि काँग्रेस, माओवादीलगायत पार्टी मिलेर नयाँ सरकार गठन गरेका छन्।

प्रकाशित मिति: : 2023-07-07 14:50:00

प्रतिकृया दिनुहोस्