कोशी प्रदेशसभा बैठक बसिरहेकाे छ। प्रदेशसभाकाे आजकाे बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
नेकपा माओवादी, नेपाली काँग्रेस र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयसमेत गरेको छ।
अहिले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग स्पष्ट बहुमत छैन। सरकारको नेतृत्व गरेको दल नेकपा एमालेसँग ४० र सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ मत मात्र छ।
कोशी प्रदेशको कुल ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ। तर, अहिलेसम्म मुख्यमन्त्री कार्कीको पक्षमा ४६ सांसद मात्र देखिएका छन्।
विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ सांसद संख्या छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन्।