एमाले र रास्वपाकाे अवराेधपछि संसद बैठक १५ मिनेट स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीकाे अवराेधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटकाे लागि स्थगित भएकाे छ।

एमाले र रास्वपाले जिल्ला निर्वाचनकाे सम्बन्धमा आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए। आपत्ति लगत्तै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटकाे लागि स्थागित गरेका हुन्।

एमाले सांसद पदम गिरीले जिल्लाबाट निर्वाचन कार्यालय नहटाउने भन्ने विषय विनियाजन विधेयकमा राख्न एक अंगको रुपमा ल्याउन माग गरेका छन्।

प्रकाशित मिति: : 2023-06-28 14:21:00

प्रतिकृया दिनुहोस्