लाल सलामबाट हामी आत्तिनु पर्ने अवस्था छैन: माधव नेपाल 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले लाल सलाम भन्दा आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई कमरेड भनेर सम्बोधन गरेपछि हलबाट हुटिङ भएको थियो। त्यसपछि सम्बोधनको सुरुमै लाल सलाम भन्दै नेपालले लाल सलामबाट आत्तिनु नपर्ने अवस्था रहेको बताए।

उनले उपेन्द्र यादलाई विस्तारै लाल सलाम भन्ने बानी पर्दै गइरहेको पनि बताए।

प्रकाशित मिति: : 2023-06-19 17:38:00

प्रतिकृया दिनुहोस्