समाजवादी माेर्चा बन्ने भएपछि हाैसिएका प्रकाण्डले भने– एमालेलाई पनि ल्याउँछाैँ, काँग्रेससँग कुरा हुँदैछ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले समाजवादी माेर्चामा एमालेलाई पनि समावेश गर्ने बताएका छन्।

पाँच दल मिलेर बन्न लागेकाे समाजवादी माेर्चा घाेषणा हुनुभन्दा केही समयअघि बिएल नेपाली सेवासँगकाे अन्तर्वार्ताकाे क्रममा प्रकण्डले यस्ताे बताएका हुन्।

उनले अहिले घाेषणा हुन लागेकाे समाजवादी माेर्चामा मुलुकका सबै कम्युनिस्ट पार्टी सामेल हुने भन्दै यस माेर्चामा ढिलाे–चाँडाे एमालेलाई पनि ल्याउने दाबी गरे।

‘समाजवादी मोर्चामा हामीले एमालेसँग पनि कुरा गरेका छौँ। मालेलाई पनि आउन आग्रह गरेका छौँ। छलफल गरेर एमालेलाई पनि ल्याउछौँ। यति मात्र होइन, नेपालका इमान्दार कम्युनिस्टहरु र प्रगतिशील लोकतान्त्रिक व्यवस्था मान्नेहरु पनि समाजवादी मोर्चामा आउनुपर्छ’, उनले भने।

प्रकाण्ड थपे, ‘अब हामी नेपाली कंग्रेससँग पनि कुरा गर्दैछौँ, अन्य देशलाई माया गर्ने दलहरुलाई पनि कुरा गर्दैछौँ। त्यसैले यो मोर्चा भनेको क्रान्तिकारी र इमान्दार कम्युनिस्टहरु, प्रगतिशील लोकतन्त्र मान्नेहरुको र सच्चा देश भक्तहरुको मोर्चा हो।’

आज दिउँसाे ४ बजे नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नेकपासहितकाे समाजावादी माेर्चा घाेषणा हुँदैछ।

प्रकाशित मिति: : 2023-06-19 14:04:00

प्रतिकृया दिनुहोस्