झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो, बालेनलाई सलाम छ: दीपक गिरी (भिडियाे)

नेपाल काँग्रेसका सांसद दीपक गिरीले आफूलाई झोले सांसदको रुपमा चित्रण गरेका छन्। आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले सांसदको स्तरलाई अन्दाज गर्दै आफूहरु झोले सांसद रहेको बताएका हुन्।

बजेटमाथि असन्तुष्टि जनाउँदै उनले नागरिकको जीवनसँग जोडिएको बजेट आउन नसकेको बताए। उनले भने, ‘म भन्न चाहन्छु। सांसदको हविगत के छ भनेर। म आफूलाई झोले सांसद भन्न चाहन्छु। राति १२ बजे एउटा बुढी आमाको फोन आउँछ, मेरो एउटा खसी मर्यो नि सांसद बाबुले केही गरिदिनुहुन्छ क? अर्को फोन आउँछ, बुहारी छोरालाई किताब ल्याइदिने भनेर नेपालगन्ज गएको हराइ भन्दै खोज्दिन आग्रह गर्छन्।’

गिरीले जनतालाई सांसद नीति, विधि बनाउन गएको भनेर नसम्झने भन्दै जनताले सांसदबाट समस्याको समाधान खोजेको बताए। ‘जनतालाई यो सांसदले कानुन बनाउने हो। विधि बनाउने हो भनेर थाहा छैन,’ गिरीले भने, ‘पहिले आफ्नो नागरिकलाई बुझ्नुस्। नागरिकले त पहिरो गयो भने मान्यज्यू पहिरो गएको छ। अथवा आगो लाग्यो भने आगो लाग्यो भनेर भन्ने अवस्था छ।’

उनले अगाडि भने, ‘म त सलाम गर्छु बालेनजिलाई। उहाँले हामी झाेलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो। कम गाह्रो छ? कम कठिन छ, राति १२ बजे फोन आउँछ। अन्यथा नमान्नुहोला जलपान खाएको फोन आउँछ। नेपाली स्तर यस्तो छ। आफूले पनि जलपान गरेको बेला फोन आयो भने त झगडा हुन सक्छ। हाहा...।’ 

प्रकाशित मिति: : 2023-06-11 12:44:00

प्रतिकृया दिनुहोस्