प्रतिनिधिसभामा सांसदहरुले देखाएकाे अराजकताप्रति राष्ट्रियसभामा चिन्ता

राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग राखेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोरा  बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ती प्रकट गरिन्।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराए। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरे।

प्रकाशित मिति: : 2023-06-07 11:59:00

प्रतिकृया दिनुहोस्