भारत भ्रमणबारे संसदमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

चारदिने भारत भ्रमण सकेर शनिबार काठमाडौँ फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा भ्रमण र विवादास्पद अभिव्यक्तिकाे प्रष्टीकरण दिइरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले भ्रमणकाे क्रममा नेपाल–भारतबीचकाे सीमा विवाद मिलाउन ‘भारत–बङ्गलादेश’ माेडल अपनाउन सकिने बताएपछि प्रतिपक्षीहरू एमाले, रास्वपा, राप्रपाले बिराेध जनाएका छन्। यी दलहरूले आइतबारदेखि सदन अवरुद्ध गरेका छन्।

आजकाे बैठकमा पनि विपक्षी दलहरूले साेही अडान कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-06-05 10:56:00

प्रतिकृया दिनुहोस्