'ए' डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

फाइल तस्बिर
फाइल तस्बिर

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार तीन  खेल हुँदैछन्।

दोस्रो लिगको दशौँ चरण अन्तर्गत बिहीबार तीन खेल हुनेछन्। एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

दशरथ रंगशालामा पहिलाे खेल न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीचकाे खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

एनआरटी आज आठौं जितको योजनामा हुनेछ। एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ। पुलिस दशौँ जितको खोजीमा हुनेछ। पुलिस २२ खेलमा ३१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। मनाङ २२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको छ। खुमलटार २२ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ।

यस्तै, च्यासलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। फ्रेन्ड्स सातौं जितको खोजीमा हुनेछ। फ्रेन्ड्स २२ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ। हिमालयन आठौं जित निकाल्न चाहन्छ।

हिमालयन २२ खेलमा २९ अंक जोडेर नवौं औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-06-01 06:12:00

प्रतिकृया दिनुहोस्