बिहिबार, ३१ जुलाई २०२५

भारतले लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा राखेपछि बाबुरामको आपत्ति

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

भारतकाे अर्काे बदमासीः लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा राख्याे



तथाकथित 'अखण्ड भारत'को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

भारतले  नयाँ संसद भवनमा लुम्बिनी र कपिलवस्तुलाई राखेपछि भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन्। भट्टराईले 'अखण्ड भारत'को नक्साले नेपाललगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने चेतावनी दिएका छन्।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नाममा नयाँ नक्सा राखिएको छ। सो नक्सामा नेपाल र पाकिस्तानका भू–भागसमेत उल्लेख छ। लुम्बिनीलाई अखण्ड भारतको अंग मान्ने प्रयासले नेपाल भारत सम्बन्धमा अनावश्यक र हानीकारक विवाद निम्त्याउन सक्ने भट्टराईको भनाइ छ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा अखण्ड भारतको विवादास्पद भित्तीचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै जानकारी दिनु बुद्धिमानी हुनेछ,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!