बिएल संवाददाता
तथाकथित 'अखण्ड भारत'को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।
भारतले नयाँ संसद भवनमा लुम्बिनी र कपिलवस्तुलाई राखेपछि भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन्। भट्टराईले 'अखण्ड भारत'को नक्साले नेपाललगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने चेतावनी दिएका छन्।
भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नाममा नयाँ नक्सा राखिएको छ। सो नक्सामा नेपाल र पाकिस्तानका भू–भागसमेत उल्लेख छ। लुम्बिनीलाई अखण्ड भारतको अंग मान्ने प्रयासले नेपाल भारत सम्बन्धमा अनावश्यक र हानीकारक विवाद निम्त्याउन सक्ने भट्टराईको भनाइ छ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा अखण्ड भारतको विवादास्पद भित्तीचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै जानकारी दिनु बुद्धिमानी हुनेछ,’ उनले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया