भारतकाे अर्काे बदमासीः लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा राख्याे

भारतको नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समावेश गरेर तथाकथित 'अखण्ड भारत'को नक्सा टाँगिएको छ। नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु मात्र हैन पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साधुसन्तको ठूलो जत्था जम्मा गरेर आइतबार मात्र नयाँ संसद भवनको उद्घाटन गरेका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहालको यही जेठ १७ गतेदेखि सुरू हुन लागेको चारदिने भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको नेपालका दुई महत्वपूर्ण भूभाग समेटिएको यो नक्सा एक किसिमको बेमौसमी बाजा नै हो। यसले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई असफलतातिर धकेल्छ।

भारतको दादागिरिका कारण नेपालमा भारतविरोधी भावना मजबुत रहेको जान्दाजान्दै पनि भारतले बेलाबेलामा यसरी विवादास्पद काम गरेर हेप्ने चेष्टा गर्दैआएको छ। त्यसबाट नेपालमा सरकारलाई अप्रत्यासित रूपमा चौतर्फि दबाब आउने गर्छ।

भारतको नयाँ संसद भवनमा 'नेपालका लुम्बिनी र कपिलवस्तु पनि समावेश गरेर तथाकथित 'अखण्ड भारत'को नक्सा टाँगिएको छ।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो नक्साले भ्रमण खल्लो हुने सम्भावना बढेको छ। 

भारतीय सत्तारूढ दलको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अखण्ड भारतको विषयलाई उठाउँदै यसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्दैआएको छ।

प्रकाशित मिति: : 2023-05-30 08:34:00

प्रतिकृया दिनुहोस्