सर्वोच्चको फैसलाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिएन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतको फैसलाका कारण आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएकाे बताएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

'म दोस्रोपटक प्रधानमन्त्री हुँदा थरुहट र मधेस आन्दोलनसँग सम्बन्धित विषयहरूमा छानबिन गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्नेभित्र पर्छु म। त्यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी यहाँहरूलाई गराउन चाहन्छु। हामी अहिले पनि सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि लाल आयोगको प्रतिवेदन सर्वजनिक गर्नुपर्छ भन्ने मेरो मान्यता छ', उनले भने। 

प्रकाशित मिति: : 2023-05-18 13:48:00

प्रतिकृया दिनुहोस्