सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ढाकाकुमारमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण मागसमेत गरेकाे छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नकाे लागि २ कराेड मागेकाे अडियाे बाहिरिएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद पद खारेज गर्दिएकाे थियाे। तर उक्त अडियाे आफ्नाे नभएकाे र रास्वपाले विनाप्रमाण आफूलाई कारबाही गरेकाे भन्दै श्रेष्ठले सर्वाेच्चमा रिट दायर गरेका थिए।