गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।
गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा उनले मागेकाे विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो।
उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ।
प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका छन्।
प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त भएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।