संसदीय विषयगत समिति गठन: सुशासन समितिमा रवि लामिछाने, राजेन्द्र लिङ्देन लेखामा (सूचीसहित)

संसदकाे १० वटा विषयगत समिति गठन भएको छ। शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरेका छन्।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए। बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले अनुमोदन गरेको हो।

प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राृकतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहने सदस्यका नाम मनोनित गरिएको छ।

नियमावलीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा मनोनित भएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखामा परेका छन्। 

प्रकाशित मिति: : 2023-04-28 16:49:00

प्रतिकृया दिनुहोस्